प्राकृतिक चिकित्सालयमा सर्वसम्मत गठिन समितिले लियो पदभार ग्रहण

प्राकृतिक चिकित्सालयमा सर्वसम्मत गठिन समितिले लियो पदभार ग्रहण

देवचुली । सामुदायिक प्राकृतिक चिकित्सालय रजहरको पाँचौं अधिवेशनबाट सर्वसम्मत चयन भएको समितिले शनिवार सपथ ग्रहण तथा पदभार ग्रहण गरेका छन ।

नगर भित्र रहेका प्रमुख राजनितीकदल सहितको भेलाले चिकित्सालयमा सर्वसम्मत समिति गठन गर्ने सहमति अनुसुसार पौष २७ गते निर्वाचन समितिले सर्व सम्मत समितिको नाम प्रकाशन गरेसंगै नयाँ समिति गठन भएको हो । शनिवार उक्त नव गठित समितिले सपथ ग्रहण तथा पदभार ग्रहरण गरेका हुन ।

चिकित्सालयको निर्वाचन समितिले निर्वाचन समितिका संयोजक शिवहरी अधिकारीको अध्यक्षतामा सपथ ग्रहण कार्यक्रम गरेको थियो । सामुदायिक प्राकृतिक चिकित्सालयकी विशिष्ट संरक्षक दुर्गादेवी चालीसेको प्रमुख आतिथ्यतामा सपथ ग्रहण तथा पदभार ग्रहण कार्यक्रम आयोजना भएको हो ।

आयोजित कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख राजनीतिदलहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्रपार्टी देवचुली नगरपालिकाका सभापति शेरबहादुर केसीले सामुदायिक प्राकृतिक चिकित्सालयको सर्वसम्मत गठन भएको समिति उदाहरणको संस्था भएको बताउनुभयो । मिल्न सक्यो भने चुनावमा जानुपर्ने बाध्यता नआउने भन्दै निर्वाचित समितिलाई बधाई ज्ञापन गनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै नेपाल कम्यूनिष्ट पार्टी देवचुलीका नगर संयोजक विक्रम मल्लले पार्टीको धार भन्दा पनि सहमतिको आधार बलियो भएको कारण चुनाव विना समिति गठन भएको बाउनुभयो ।

नेकपा एमाले नगर कमिटि अध्यक्ष भिमलाल तिवारीले पनि सामुदायिक प्राकृतिक चिकित्सालयको निर्वाचन सर्वसम्मत हुनुले समुदायमा एकता रहेको बताए ।

यस्तै नेपाली कांग्रेसका नगर सभापति डिल्लीराम कडरीयाले प्राकृतिक चिकित्साल निर्वाचन विना पनि सहमति गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताउनुभयो । अस्पताल जस्तो क्षेत्रमा चुनाव भन्दा सहमति उत्तम रहेकोले सबैदल सहमतिमा समिति गठन गर्न तयार भएको बताउनुभयो । उहाँले नयाँ समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा विशेष अतिथि रहनुभएका देवचुली नगरपालिका वडा नं. १६ का वडा अध्यक्ष केशव गौतमले नयाँ समितिलाई शुभकामना व्यक्त गर्नु भयो ।

कार्यक्रममा बोल्दै चिकित्सालयका नव निर्वाचित अध्यक्ष प्रदिपराज घिमिरेले सामुदायिक प्राकृतिक चिकित्सालयको सचिवको भुमिकामा विगत २ कार्यकाल निर्वाह गरेको र अध्यक्ष पदको जिम्मेवारी प्रदान गर्ने सबै राजनीतिक दलहरु, समाजसेवी लगायतलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले अब अध्यक्षको जिम्मेवार पाए पछि प्राकृतिक शिक्षण अस्पतालको प्रकृयालाई थप समय दिने बताउनुभयो ।

यस्तै चिकित्सालयको निर्वाचन समितिका संयोजक शिवहरी अधिकारीले निर्वाचनमा सर्वसम्मत गराउन सबैको ठुलो भुमिका रहेको बताउदै नव निर्वाचित समितिले उदाहरणीय कार्य गर्नुपर्ने बताउनुभयो ।

चिकित्सालयको अध्यक्षमा प्रदीपराज घिमिरे,वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद तिवारी, महिला उपाध्यक्षमा तारादेवी शाह, सचिवमा नेत्रबहादुर पाण्डे र कोषाध्यक्षमा ललित बहादुर बोहरा निर्वाचित हुनुभएको छ । यसैगरी चिकित्सालयका सञ्चालक सदस्यहरूमा तोप विक्रम सिंह ठकुरी, गिरिधर सापकोटा, शिवलाल सापकोटा, सुदर्शन लामिछाने, खेमानन्द घोरासैनी र वीरेन्द्र चौधरी निर्वाचित हुनुभएको छ। साथै चिकित्सालयको लेखा संयोजकमा ख्याम केसी र सदस्यहरूमा गङ्गाबहादुर थापा र निर्मला अधिकारी रहनुभएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology