नवलपुरमा ३० अर्ब बढि राजस्व संकलन

NAWALPUR TIMES
प्रकाशित : २०८२ साउन ३ गते १६:४०
नवलपुरमा ३० अर्ब बढि राजस्व संकलन

कावासोती । नवलपुरमा आर्थीक वर्ष २०८१/८२ मा ३० अर्ब बढि राजस्व संकलन भएको छ ।

कोष तथा लेखा नियन्त्रकको कार्यालय नवलपुरका कोष नियन्त्रक जीत नारायण महतोका अनुसार आर्थीक वर्ष २०८१/८२ मा संघीय तथा प्रदेश सरकारलाई हस्तान्तरण हुने ३० अर्ब ६९ करोड ६६ हजार ५६ लाख छ सय ३८ रुपियाँ राजस्व संकलन भएको हो ।

कोष नियन्त्रक महतोका अनुसार गत आ.व २०८१/८२मा संघ तर्फ ३० अर्ब ११ करोड ७७ लाख ५ सय ८२ रुपियाँ राजस्व संकलन भएको हो । संघ तर्फ सबै भन्दा धेरै राजस्व आन्तरिक राजस्व कार्यालय कावासोतीले संकलन गरेको छ । यो कार्यालयले २९ अर्ब ९५ करोड ३९ लाख ७ हजार ५ सय ४१ रुपियाँ राजस्व संकलन गरेको हो ।

संघमा हस्तान्तरण हुने राजस्व

InShot 20250718 160043982

त्यसै गरि नवलपुरबाट प्रदेश सरकारलाई हस्तान्तरण हुने राजस्व ५७ करोड ८९ लाख ५६ हजार ५५ रुपियाँ संकलन भएको कोष नियन्त्रक महतोले जानकारी दिए । महतोका अनुसार गत आ.वमा प्रदेश सरकारलाई हस्तान्तरण हुने राजस्व मध्ये सबै भन्दा धेरै यातायात व्यवस्था कार्यालयले संकलन गरेको हो । यो कार्यालयले सबै गत आ.व २०८१/८२ मा २८ करोड ४५ लाख ८७ हजार ९८ रुपियाँ राजस्व संकलन गरेको हो ।

प्रदेशमा हस्तान्तरण हुने राजस्व

InShot 20250718 160131349

प्रकाशित : २०८२ साउन ३ गते १६:४०
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI