अशोक कुमार श्रेष्ठको अध्यक्षतामा निजामती कर्मचारी युनियन नवलपुरको नयाँ कार्यसमिति चयन

NAWALPUR TIMES

अशोक कुमार श्रेष्ठको अध्यक्षतामा निजामती कर्मचारी युनियन नवलपुरको नयाँ कार्यसमिति चयन
FB IMG 1739068319679

कावासोती । नेपाल निजामती कर्मचारी युनियन नवलपुतको अध्यक्षमा अशोक कुमार श्रेष्ठ चयन भएका छ्न । शनिवार भएको नेपाल निजामती कर्मचारी युनियनको तेस्रो जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा सर्वसम्मत जिल्ला कार्यसमिति चयन गरेको हो ।

अधिवेशनबाट कर्मचारी युनियन जिल्ला कार्यसमितिको उपाध्यक्ष खुल्लामा हरि शङ्कर शर्मा, उपाध्यक्ष महिलामा उषा बस्याल, उपाध्यक्ष समावेशीमा प्रदीप श्रेष्ठ, सचिव ईश्वर भुसाल, सह सचिव केशव प्रसाद पौडेल र कोषाध्यक्षमा महेन्द्र बस्ताकोटी चयन भएको छन ।।

त्यसै गरी कार्यसमिति सदस्यमा दिल माया थापा मगर, राम बहादुर के.सी. सीता न्यौपाने, दिनेश पाठक, कालु राम महतो, राजेन्द्र रिजाल, विष्णु कुमारी पुन थापा, राजु पौडेल, टेक नारायण तिवारी, रोजी खनाल र रण बहादुर महतो चयन हुनु भएको निर्वाचन समितिले जनाएको छ ।

नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय महाधिवेशन प्रतिनिधि तर्फ बुद्धि बहादुर देउजा, धिरेन्द्र राज सुवेदी, माया कुमारी शर्मा, गोकुल पराजुली र बुद्धि प्रसाद अधिकारी चयन भएका हुन । त्यसै गरि नेपाल निजामती कर्मचारी युनियन प्रदेश प्रतिनिधि तर्फ धम्रेन्द्र कुमार शाह , गणेश बहादुर ठकुरी, गणेश न्यौपाने, सन्तोष भण्डारी र नरमाया राना चयन भएका हुन ।

यस अघि नेपाल निजामती कर्मचारी युनियनको तेस्रो जिल्ला अधिवेशनको गण्डकी प्रदेशका प्रदेश सभा सदस्य महेन्द्र ध्वज जिसीले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघ अध्यक्ष लक्ष्मीदेवी पाण्डे , नेपाली काँग्रेस नेतृ ओमकला गौतम लगाएतको उपस्थिति रहेको थियो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology