नवलपुर । नवलपुरका चिन्तामणी सापकोटा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को उपाध्यक्षमा निर्वाचित भएका छन्।
चैत्र २ गते सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को१२औँ एकता महाधिवेशनबाट सापकोटा उपाध्यक्षमा चयन भएका हुन्। यसअघि उनले सोही संस्थाको स्पेन अध्यक्ष, दुई कार्यकाल युरोप संयोजक तथा आईसिसि सचिवको जिम्मेवारी सम्हालिसकेका थिए ।
हाल स्पेनमा व्यवसाय गर्दै आएका सापकोटाले वैदेशिक लगानी नेपालमा भित्र्याउने, विदेशमा रहेका नेपालीहरूको हकहित संरक्षण गर्ने तथा गैरआवासीय नेपालीलाई मताधिकार सुनिश्चित गर्न पहल गर्ने आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन्।
नवलपुरको गैंडाकोट नगरपालिका–६ निवासी सापकोटा नेपाली कांग्रेस निकट मानिन्छन्।
Facebook Comment