नवलपुर,१४ पाैष
नवलपुरको कावासोती नगरपालिका–११ कुडाैलीमा अवस्थित नेपाल रास्ट्रिय आधारभुत विद्यालयको स्वर्ण जयन्ती समारोहको उद्घाटन गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र प्रसाद पाण्डे आज नवलपुर आउने भएका छन्।
वि.सं. २०३२ साल पौष महिनामा स्थापना भएको उक्त विद्यालयले आज ५० वर्ष पूरा गरेको अवसरमा विद्यालयले विविध कार्यक्रमसहित स्वर्ण जयन्ती समारोह आयोजना गर्न लागेको हो। स्वर्ण जयन्तीको अवसरमा विद्यालयको शैक्षिक इतिहास, योगदान र उपलब्धिहरूलाई स्मरण गर्दै विशेष कार्यक्रमहरू सञ्चालन गरिने विद्यालयले जनाएको छ।
समारोहअन्तर्गत विविध झाँकीसहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ भने विद्यालयको विकासमा योगदान पुर्याउने सहयोगी दाता, अभिभावक तथा विशिष्ट व्यक्तिहरूलाई मुख्यमन्त्री पाण्डेले सम्मान गर्ने कार्यक्रम पनि राखिएको बिधालयले जनाएकाे छ ।
Facebook Comment