लेजर प्रविधिद्वारा बिगत डेढ बर्षदेखि पायल्सको सफल उपचार गर्दै सेन्ट्रल अस्पताल चितवन

NAWALPUR TIMES
प्रकाशित : २०८२ असार ११ गते १८:३८
लेजर प्रविधिद्वारा बिगत डेढ बर्षदेखि पायल्सको सफल उपचार गर्दै सेन्ट्रल अस्पताल चितवन

कावासोती । पछिल्लो समय मानिसको खानपान र जिवनशैलिका कारण धेरै मानिसमा पायल्सको समस्या बढ्दो रुपमा देखिन थालेको छ । पहिले आयुर्वेदिक र प्राकृतिक लगाएत विभिन्न विधिबाट पायल्सको उपचार गरिन्थ्यो तर अचेल आधुनिक लेजर प्रविधिबाट समेत यसको सफल उपचार र शल्यक्रीया हुँदै आएको छ । लेजर प्रविधि मार्फत गरिने उपचार प्रभाबकारी हुने चिकित्सक बताउँछन ।

चितवन जिल्लामै पहिलो पटक १८ महिना अघि पायल्सको उपचारका लागि अत्याधुनिक लेजर प्रविधि भित्र्याएको सेन्ट्रल हस्पिटल चितवनमा पायल्स,फिसर,फिस्टुला,भेरिकोज भेनका बिरामिहरुको संख्या बढ्दै गएको अस्पताल प्रशासनले बताएको छ ।

“चिरफार गरेर उपचार गर्न डराउने बिरामीहरु लेजर प्रविधिको जानकारी पछि निर्धक्कले उपचार गर्ने गरेका छन” अस्पतालका बरिस्ठ जेनेरल,ल्याप्रोस्कोपी तथा लेजर सर्जन डाक्टर सुर्य ज्योती श्रेष्ठले भने । डा.श्रेष्ठका अनुसार बिगत १८ महिना देखि सेन्ट्रल अस्पतालमा लेजर प्रबिधि मार्फत हजारौंको संख्यामा बिरामिको सफल उपचार भईसकेको छ ।

FB IMG 1750767062095

लेजर प्रविधिबाट उपचार गर्दा शारीरिक दुखाई पनि कम हुने र छोटो समयमै बिरामी सामान्य जिवनशैलीमा फर्कने बताउँदै डाक्टर श्रेष्ठले लाजका कारण रोग पालेर राख्दा जटिल अवस्था निम्तिन सक्ने भएकाले समयमै रोगको निदान गर्नुपर्ने बताए ।

शल्यक्रियाको डरले भरिएर आएका बिरामी लेजर प्रविधिको प्रयोग पछि मुस्कुराउँदै बिदा हुने गरेको अनुभवले पनि यो प्रविधि सफल रहेको जिकिर डा.श्रेष्ठको छ । फिस्टुला,फिसर र भेरिकोज भेनका बिरामी भन्दा तुलनात्मक रुपमा पायल्सका बिरामीहरुको संख्या बढी रहेको डा.श्रेष्ठले जानकारी दिए ।

Messenger creation 56572902 56AB 4DBE 881D 0359C430EE67

लेजर प्रविधि के हो ?

लेजर प्रविधि शल्यक्रियाकै एउटै पाटो हो । चिरफार नगरी विशेष प्रकारको विकिरणद्वारा उपचार गरिने प्रविधिलाई लेजर  भनिन्छ  । पायल्स,फिसर,फिस्टुलाको मात्र हैन यो उपचार विधि मिर्गौलाको शल्यक्रिया र प्रोस्टेट सम्बन्धी शल्यक्रियामा पनि प्रयोग गरिन्छ ।

लेजर एउटा इलेकट्रोनिक उपकरण हो, जसले विद्युतिय माध्यमबाट पराबैजनी किरण निकाली शरीरमा भएका अनावश्यक टिस्युलाई सुकाउने काम गर्छ । मलद्वार सम्बन्धी रोगमा यो प्रबिधी उपयोगी सिद्ध भएको छ ।

कस्तो अवस्थामा यो विधि प्रयोग हुन्छ ?

मलद्वार बाहिर मासु निस्कन्छ, रगत बग्छ भने त्यो पायल्सको लक्षण हुन सक्छ । यस्तो लक्षण देखिए विशेषज्ञ  चिकित्सकको सल्लाहमा पायल्स नै हो भनेर ठम्याउन सकिन्छ । त्यसपछि मात्र कस्तो उपचार विधि अपनाउने भन्ने कुरा तय हुन्छ ।

मलद्वारमा घाउ भएको छ र मलद्वारभित्र मासु पलाएको अवस्थामा लेजर प्रविधिले उपचार सजिलो र छिटो हुन्छ । तर मासु मलद्वारभन्दा बाहिर निस्किएको छ र भित्र ठेल्दा पनि जाँदैन भने उपचार नै गाह्रो हुन्छ ।

कति प्रभावकारी छ ?

उपचार कति प्रभावकारी हुन्छ भन्ने कुरा बिरामीको अवस्था कस्तो छ , उमेर कति छ, मोटोपना छ की छैन, जीवनशैली कस्तो छ र अन्य दीर्घ रोग छ की छैन यी सबै कुराले तय गर्छ । तर, भित्री पायल्समा यो उपचार पद्धति बढी प्रभावकारी हुन्छ ।

यो उपचार विधिमा शल्यक्रिया गर्दा जस्तो ठुलो घाउ बनाइँदैन, सानो घाउ बनाइन्छ । घाउ सानो हुने भएकाले एन्टिबायोटिक औषधि पनि थोरै चलाए पुग्छ । बिरामी चाँडै निको हुने भएकाले अस्पतालमा भर्ना गरेर धेरै दिन बस्नु पर्दैन । घाउ सानो हुने भएकाले संक्रमण हुने सम्भावना कम हुन्छ । साथै घाउको दाग कम बस्छ यस हिसावले अन्य उपचार प्रविधिको तुलनामा यो प्रविधि प्रभावकारी नै छ ।

पायल्स रोगिले अपनाउनुपर्ने सावधानी के हो ?

पायल्सको उपचार पछि अपनाउनु पर्ने सावधानी मध्ये सबैभन्दा प्रमुख सावधानी कब्जियत हुन नदिनु हो । कब्जियत हुन नदिन खानपान र जीवनशैली परिवर्तन गर्नुपर्छ ।

पायल्सको उपचारपछि यो खाना हुन्न त्यो खान हुन्न भनेर बार्ने चलन छ । तर सामान्य व्यक्तिले खान मिल्ने खानेकुरा बिरामीले पनि खान मिल्छ । दाल, भात, तरकारी, माछा, मासु  लगायतका प्राकृतिक खानेकुरा खान मिल्छ । मैदाजन्य खानेकुरा, प्याकेट बन्द खानेकुरा, प्रशोधित खानेकुरा र बाहिरको धेरै चिल्लो पिरो खानेकुरा भने बार्नुपर्छ ।

प्रकाशित : २०८२ असार ११ गते १८:३८
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI