काठमाडौं। ‘लक डाउन’को समयलाई मध्यनजर गर्दै विश्व रङ्गमञ्च दिवसको अवसर पारेर भर्चुअल ‘रङ्गमञ्च महोत्सव’ हुने भएको छ। थिएटर मल–कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टीसीसी नेपाल)ले संयुक्त रूपमा महोत्सव आयोजना गर्न लागेको हो। ‘कोभिड–१९को महामारीले पैदा गरेको संकटको...