कावासोती । एसियन क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा हुने एसीसी यू–१९ एसिया कप शुक्रबारदेखि सुरु हुँदै छ । युनाइटेड अरब इमिरेट्स (यूएई)मा हुने प्रतियोगिताको यस संस्करणमा नेपालसहित कुल आठ टिमको सहभागिता छ । प्रतियोगिताका सबै खेल यूएईका तीन मैदानमा हुनेछन्...