काठमाडौं । एकपटक फेरि नेपाली राष्ट्रिय क्रिकेट टिमले निराशा दिलाएको छ । नेपाल आगामी अक्टोबर–नोभेम्बरमा अष्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्नबाट वञ्चित भएको छ । आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट क्रिकेटको सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग कमजोर प्रदर्शन गरेसँगै...