कावासोती । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा आज (आइतबार) काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ । गत साता न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दा आइतबारका लागि पेसीमा तोकिएको थियो । यो मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसकेका छन्...