कावासोती । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि नेपाल क्रिकेट संघ (क्यान) ले लगाएको निलम्बन फुकुवा भएको छ । पोखरामा मंगलबार भएको केन्द्रीय कार्यसमिति बैठकले सन्दीपमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको क्यानका बोर्ड सदस्य विरेन्द्रबहादुर चन्दले जानकारी दिए ।...