कावासोती । नेपाल र अमेरिकाबीचको टी–२० सिरिज शुक्रबारदेखि सुरु हुँदैछ । पहिलो खेल नेपाली समयअनुसार भोलि बिहान पौने ६ बजे टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रंगशालामा सुरु हुनेछ । नेपालले पहिलो पटक अमेरिकासँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।...