काठमाडौं । आगामी २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुग्ने मतदाताहरूले स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगको शुक्रबार बसेको बैठकले निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष पुग्ने मतदाताले मतदानमा सहभागी हुन पाउने निर्णय गरेको हो ।...