कावासोती । भुमि समस्या समाधान आयोग नवलपुरले आगामी असार मसान्तसम्म जिल्लाका विभिन्न स्थानका १ हजार २ सय ८० जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने भएको छ ।
स्थानीय तहबाट नाप जाँच भएर प्रमाणित भएर आएका १ हजार २ सय ८० परिवारलाई जग्गा धनी प्रमाण पुर्जा वितरणको तयारी सुरु गरिएको भुमि समस्या समाधान आयोग नवलपुरका अध्यक्ष तारापती खरेलले जानकारी दिए ।
अध्यक्ष खरेलका अनुसार गैंडाकोट, देवचुली, कावासोती र मध्यविन्दुका विभिन्न वडाका भुमिहिन सुकुम्बासी, भुमिहिन दलित, अव्यवस्थित बसोबास गरेकाहरु र अघिल्लो आयोगहरुबाट अन्तिम चरणमा पुगेर पनि काम सम्पन्न हुन बाकी रहेकालाई जग्गा धनी प्रमाण पुर्जा वितरण गर्न लागिएको हो ।”कुनै अडचन न आए आगामी असार अगाडि १३ सयको हाराहारीमा पुर्जा वितरण गर्ने तयारी गरेका छौं”, अध्यक्ष खरेलले भने ।
अध्यक्ष खरेलका अनुसार कावासोती नगरपालिका वडा नं ४ र ५ का २९ सुकुम्बासी परिवार र ९७ अव्यवस्थित बसोबास गरेर १ सय २६ परिवार, , देवचुलीको वडा नं ४,५,६, १२,१६ र १७ का ८ सय ३४ सुकुम्बासी र ४२ अव्यवस्थित बसोबास गरेर ८ सय ७६ , हुप्सेकोट-३ मा १ सय २५ अव्यवस्थित बसोबास तथा विगतका आयोगबाट अन्तिम चरणमा पुगेर पनि पुर्जा नपाएका गैंडाकोट वडा नं ६ को ७१ र देवचुली-१५ को ८२ गरि १५३ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरणको अन्तिम तयारी सुरु गरिएको हो ।
आयोगको तथ्यांक अनुसार नवलपुरमा अव्यवस्थित बसोबास गरेका २४ हजार र ८ हजार सुकुम्बासी रहेका छ्न । केहि स्थानीय तहबाट प्रमाणिकरण गरेर आउन बाकी रहेकाले यो संख्या अझै बढने अध्यक्ष खरालले बताए ।
प्रकाशित : २०८२ जेठ १६ गते १४:३६
Facebook Comment