कावासोती । पूर्व-पश्चिम राजमार्ग अन्तरगत बुटवल-नारायणगढ सडक गयरातिदेखि अवरुद्ध भएको छ । नारायणगढ -बुटवल सडक योजना कार्यालयका अनुसार दाउन्नेदेखि बर्दघाटतर्फ खुर्साने खोला नजिकै पहिरोले सडक बगाउँदा पूर्ण रूपमा अवरुद्ध बनेको हो । सवारी साधन बिच बाटोमा रोकिएका छन् ।
वर्षाका कारण सडकको केही भाग बगाएको हुँदा मर्मतको काम जारी रहेको र त्यस अवधिसम्म सडक पूर्ण रूपमा अवरुद्ध हुने आयोजनाले जनाएको छ ।
 
 
आयोजना जारी गरेको सूचना  मर्मत कार्य  जारी रहेको उल्लेख गर्दे दिउँसो देखि दुई  तर्फी रूपमा सञ्चालन हुने गरी काम भइरहेको  जनाएको छ।
											
											प्रकाशित :  २०८२ असार  २५ गते १२:०७
										
										
										
	
										
										  
							 
						
Facebook Comment