दलदलेमा बस दुर्घटना : ११ जना घाइते

NAWALPUR TIMES

दलदलेमा बस दुर्घटना : ११ जना घाइते

कावासोती । नवलपुरको देवचुली ११ दलदलेमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बुटवलबाट काठमाडौं जाँदै गरेको बस शुक्रबार बिहान दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा बसमा सवार २१ जनामध्ये ११ जना घाइते भएका छन् । घाइते ११ मध्ये ६ जनाको देव अस्पताल भरतपुरमा र पाँच जनाको देवचुली अस्पताल दलदलेमा उपचार भइरहेको छ ।

भरतपुर उपचारका लागि पठाइएका छ जनाको अवस्था मध्यम रहेको र बाँकी पाँच जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दलदले क्षेत्रमा सडक विस्तारको क्रममा सडकको दायाँबायाँ खाडल रहेको र उक्त खाडलमा बस पल्टिएको स्थानीयले बताएका छन् ।

दुर्घटनामा परी रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका ५ बस्ने ४० वर्षीय सुजन कार्की, काठमाडौंको पुतलीसडक बस्ने ३५ वर्षका रोमराज लामिछाने, वर्ष ३२ की बिजया लामिछाने, वर्ष ३५ वर्षका निदान लामिछाने, २८ वर्कीषका प्रज्ञा लामिछाने, रामेछाप निवासी ३३ वर्षीया स्वस्तिका दाहाल घाइते हुनुभएको छ ।

त्यस्तै, पाल्पा जिल्ला निवासी ३४ वर्षका भोजबहादुर जर्धा, अर्घाखाँची निवासी वर्ष ३२ का विशाल भुषाल, रुपन्देही तिलोत्तमा नगरपालिका ४ बस्ने वर्ष ३२ का अवि थापा र बाग्लुङ जिल्ला निवासी वर्ष ५० की कौसिला थापा घाइते हुनुभएको प्रहरीले जनाएको छ ।

बस चालकलाईप्रहरी नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology