कावासोती । विनयी त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ८३ करोड ६२ लाख १० हजार को बजेट ल्याएको छ ।
सोमबार सम्पन्न विनयी त्रिवेणी गाउँपालिकाको गाउँ सभाको १७ औँ अधिवेशनमा गाउँपालिक उपाध्यक्ष भगवती वैदवारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकी हुन ।
उपाध्यक्ष वैदवारले पेश गरेको बजेटमा पुँजीगत तर्फ ३१ करोड ७८लाख ४७ हजार र चालु तर्फ ५१ करोड ८२ लाख ६३ हजार व्यवस्था गरिएको छ ।
बजेट अघि गाउँ सभामा अध्यक्ष घनश्याम गिरीले आगामी आर्थिक वर्ष ८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष गिरीले सबल , सुशासनयुक्त र आत्मनिर्भर हुन उत्पादकत्व अभिवृद्धिको माध्यमबाट आर्थिक एवम् सामाजिक रुपमान्तरण गर्न विकासोन्मुख तथा प्रविधिमैत्री गाउँपालिका बनाउने सङ्कल्पका साथ आगामी वर्षको नीति तथा कार्यक्रम तर्जुमा गरेको बताए ।
गाउँ सभामा अध्यक्ष गिरीले कृषि तथा पशु सेवा, सहकारी ,श्रम तथा रोजगार, उद्योग तथा व्यापार, उद्यमशीलता प्रवर्द्धन, पर्यटन , सार्वजनिक साझेदारी नीति, शिक्षा,युवा खेलकुद,स्वास्थ्य तथा पोषण, महिला ,बालबालिका,किशोर किशोरी ,ज्येष्ठ नागरिक ,अपाङ्गता तथा समाज कल्याण ,खानेपानी ,सरसफाइ ,गैरसरकारी नीति, बस्ती विकास ,आवास तथा भवन , सडक ,पुल तथा यातायात नीति जलस्रोत ,विद्युत् तथा वैकल्पिक उर्जा नीति, सूचना ,सञ्चार तथा प्रविधि,वन , वातावरण ,फोहर मैला व्यवस्थापन,विपद् व्यवस्थापन, कानुन, न्याय तथा सुशासन , मानव संसाधन तथा क्षमता विकास, राजश्व तथा स्रोत परिचालन , योजना तथा विकास लगायतका क्षेत्रमा आगामी आर्थिक वर्षमा पालिकाकाले लिएको नीति प्रस्तुत गरेका थिए ।
गाउँ सभाले नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ ।
प्रकाशित : २०८२ असार ९ गते २०:४०
Facebook Comment