बुटवलमा आमासहित दुई छोरीको बीभत्स हत्या

NAWALPUR TIMES
प्रकाशित : २०८२ जेठ १५ गते ८:५६
बुटवलमा आमासहित दुई छोरीको बीभत्स हत्या

कावासोती । बुटवल उपमहानगरपालिका होराइजन चोकस्थित मिलिजुली पथमा आमासहित दुई छोरीको बीभत्स हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सुरज कार्की तीन जनाको हत्या भएको लोकान्तरलाई जानकारी दिए ।

आमा ३३ वर्षकी दीपा बस्यालसहित छोरीहरू ७ वर्षकी स्नेहा र ४ वर्षकी हिमानीको हत्या गरिएको प्रवक्ता कार्कीले बताए ।

हत्याको अनुसन्धानका लागि एक जनालाई पक्राउ गरिएको उनले बताए । पक्राउ पर्नेमा सुरज कोइराला रहेका छन् ।

प्रहरीका अनुसार उनी दीपाका पूर्वश्रीमान हुन् । अहिले भने डिभोर्स गरेर छुट्टै बसिरहेको खुल्न आएको उनले बताए ।

यद्यपि, घटनाबारे थप अनुसन्धान भैरहेको उनको भनाइ छ । घटना बुधबार बिहान ४ बजेतिर भएको हो ।

कोइराला केही वर्षअघि संविधान दिवसको दिन आम माफी पाएर जेलबाट छुटेको स्थानीयले बताएका छन् ।

प्रकाशित : २०८२ जेठ १५ गते ८:५६

ताजा अपडेट

Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI