कावासोती । नवलपुरको कावासोतीमा भएको मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु भएको छ ।
कावासोती-१ लोकाह नजिकै भएको दुर्घटनाम कावसोती-११ का दाजुभाइ ईश्वर दर्लामी र सागर दर्लामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
देवचुलीको मुण्डेबाट फर्किने क्रममा कावसोती-१ लोकाहा नजिक उनीहरु सवार लु १३ प ७०२ नं को मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको हो । अत्याधिक गति कारणका मोटरसाइकल नियन्त्रणमा नआई सडक छेउमा रहेको कल्भडमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रकाशित : २०८२ वैशाख २७ गते १९:१९
Facebook Comment