देवरद्वारा भाउजुकाे हत्या, दाजु गम्भीर घाइते

NAWALPUR TIMES

देवरद्वारा भाउजुकाे हत्या, दाजु गम्भीर घाइते

कावासोती । हेटौँडा उपमहानगरपालिका–१ चौकीटोलमा एक महिलाको हत्या भएको छ।

स्थानीय ३५ वर्षीया गुडिया दासको आफ्नै देवर २२ वर्षीय राहुल दासले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार बुधबार दिउँसो भएको घटनामा राहुलले आफ्ना माइलो दाइ २८ वर्षीय रुपेश दासलाई समेत खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् । हाल घाइते रुपेशको हेटौँडा–१ स्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि प्रहरीले हत्या संलग्न राहुललाई नियन्त्रणमा लिएको छ भने घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ । दास परिवार हेटौँडा–१ स्थित तरकारी मण्डीमा तरकारी व्यवसाय गर्दै आएका छन् ।

प्रहरीका अनुसार मृतक गुडिया दासको शवको मुचुल्का उठाउने कार्य सम्पन्न गरी पोस्टमार्टमका लागि लैजाने तयारी भइरहेको छ। घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

मृतक महिलाका श्रीमान् वैदेशिक रोजगारीका लागि कतारमा रहेका थिए भने उनी आज नेपाल आउँदै गरेको स्थानीयले बताएको छ। उनका तीन सन्तान रहेका छन् ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology