कावासोती । नारायणीमा डुबेर २ जना बालबालिका बेपत्ता भएका छ्न ।
गैंडाकोट नगरपालिका वडा नं १ मा रहेको बृटिस क्याम्प नजिकै बाट नारायणी नदिमा डुबेर एकाघरका दिदी भाइ १३ वर्षीय दिक्षा सेर्पुञ्जा र ९ वर्षीय स्वपनिल सेर्पुञ्जा बेपत्ता भएका नवलपुर प्रहरीले जनाएको छ ।
आज साँझ हजुरआमा सँगै बृटिसक्याम्प गएका उनिहरु हजुरआमाको चप्पल साँझ पौने ६ वजे नदीमा खसेपछि सोहि चप्पल समाउन भन्दै नदीमा पसेका थिए । गहिरो नारायणीमा पसेका उनिहरु दुवैजना बाहिर आउन सकेनन् ।
दिक्षा र स्वपनील स्थानीय नेपाल राष्ट्रिय शम्सेर आर्दश माध्यामिक विद्यालयमा कक्षा ७ र कक्षा ४ को बार्षिक परिक्षा दिएर नतिजाको पर्खाईमा थिए ।
नारायणी नदिमा डुबेर बेपत्ता उनिहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित : २०८१ चैत २५ गते २१:०२
Facebook Comment