फागुन ८ गते देखि गैँडाकोटमा बिपी स्मृति कप अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगिता हुँदै

NAWALPUR TIMES

फागुन ८ गते देखि गैँडाकोटमा बिपी स्मृति कप अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगिता हुँदै

कावासोती । गैंडाकोट नेपाली कांग्रेसले बिपी स्मृति कप अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ आयोजना गर्ने भएको छ।

नेपाली कांग्रेस गैँडाकोटले फागुन ८ गतेदेखि आयोजना हुने प्रतियोगिताको बीपी स्मृति भवन गैंडाकोटमा मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

नेपाली कांग्रेस गैँडाकोट नगरसभापति बद्री सापकोटाले जननायक बीपी कोइराला राजनीतिक आकाशमा कहिले नअस्ताउने तारा भएर रहेकले महामानवको सम्झना र सम्मानमा बीपी स्मृति कप अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगिता गर्न लागिएको बताए। सापकोटाले यो प्रतियोगिता हरेक वर्ष आयोजना हुने समेत जानकारी दिए।

प्रतियोगितामा जिल्लाका चार नगरपालिका र चार गाउँपालिकाका स्थानीय खेलाडीहरू सहभागी हुनेछन् । गैंडाकोट खेलकुद समितिले समन्वय गर्ने उक्त प्रतियोगितालाई नेपाली कांग्रेस नवलपुर जिल्ला कार्यसमितिले संयोजन गर्नेछ। नवलपुर जिल्ला खेलकुद विकास समिति नवलपुर, नवलपुर जिल्ला फुटबल संघ र गैंडाकोट नगर खेलकुद विकास समिति प्रतियोगितामा प्रवर्धकका रूपमा रहेका छन् । प्रतियोगितामा प्रथम हुने लाई १ लाख रुपैयाँ, शिल्ड मेडल र प्रमाणपत्र, द्धितीय समूहलाई ५० हजार रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने र सर्बोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ नगद, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने जानकारी आयोजकले गराएको छ। सर्वाधिक गोलकर्ता, सर्बोत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स र प्लेयर अफ दि म्याचलाई समेत नगद पुरस्कारको ब्यवस्था गरिएको प्रतियोगिताका संयोजक रमेश तिवारीले जानकारी दिए । फागुन ८ गते सुरु हुने प्रतियोगिता गैंडाकोट वडा नम्बर ३,४ र ८ मा पर्ने निर्माणाधीन गैंडाकोट क्षेत्रीय रङ्गशालामा उद्घाटन हुने कार्यक्रममा नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा संघीय सांसद डाक्टर शशांक कोइरालाले बीपी स्मृति कप अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगिताको समुद्घाटन गर्ने कार्यक्रम तय भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology