नारायणी नदीमा डुबेका दिदी भाईको शव फेला

NAWALPUR TIMES
प्रकाशित : २०८१ चैत २६ गते १३:५४
नारायणी नदीमा डुबेका दिदी भाईको शव फेला

कावासोती । नारायणी नदीमा डुबेका गैँडाकोटका दिदी भाईको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको छ ।

नवलपुरको गैडाकोट नगरपालिका–१ स्थित नारायणी नदीमा बेपत्ता भएका  दिदी भाइ १३ वर्षीय दिक्षा सेर्पुञ्जा र ९ वर्षीय स्वपनिल सेर्पुञ्जाको शव  सशस्त्र प्रहरीको गोताखोरले आज निकालेको हो ।

मंगलबार साँझ हजुरआमा सँगै बृटिसक्याम्प गएका उनिहरु हजुरआमाको चप्पल साँझ पौने ६ वजे नदीमा खसेपछि सोहि चप्पल समाउन भन्दै नदीमा पसेका थिए । गहिरो नारायणीमा पसेका उनिहरु दुवैजना बाहिर आउन सकेनन् ।

गोताखोरसहितको टोलीले स्वपनिल सेर्पुञ्जाको शव ३५ फिट गहिराइबाट बिहान साढे ११ बजे र दीक्षा सेर्पुञ्जाको शव ५० फिट गहिराइबाट साढे १२ बजे निकालेको सशस्त्र प्रहरी बलका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उनीहरूको उद्धार तथा खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट परिचालित भएको थियो ।

दिक्षा र स्वपनील स्थानीय नेपाल राष्ट्रिय शम्सेर आर्दश माध्यामिक विद्यालयमा कक्षा ७ र कक्षा ४ को बार्षिक परिक्षा दिएर नतिजाको पर्खाईमा थिए ।

प्रकाशित : २०८१ चैत २६ गते १३:५४
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI