स्व. पत्रकार तिर्थराज भुसालको जन्मजयन्तीमा रक्तदान कार्यक्रम

NAWALPUR TIMES

स्व. पत्रकार तिर्थराज भुसालको जन्मजयन्तीमा रक्तदान कार्यक्रम

 कावासोती । नवलपुर एफ.एम.का स्वर्गीय प्रबन्ध निर्देशक तथा पत्रकार तिर्थराज भुसालको ३८औं जन्मजयन्तीको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

“रक्तदान नै जीवनदान” भन्ने नारासहित आयोजित कार्यक्रममा युवाहरू, सामाजिक अभियन्ता तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा नवलपुर रक्त सञ्चार सेवा र नेपाल रेडक्रस सोसाइटी उपशाखा कावासोतीको प्राविधिक सहयोग थियो। साथै, नेपाल तरुण दल कावासोती नगर कार्यसमिति, नेपाल विद्यार्थी संघ कावासोती नगर कार्यसमिति, र मेडिकल ल्याबोरेटरी एशोसिएसन अफ नेपाल (मेलान) नवलपुर जिल्ला कार्यसमितिको सहकार्य रहेको थियो।

n4

रक्तदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भबेश्वर पाण्डे, कावासोती–३ का वडा अध्यक्ष डोेरमान गिरी, र नेपाल रेडक्रस सोसाइटी कावासोतीकी सभापति अमृता सिग्देललगायतले स्व. भुसालको पत्रकारिता र सामाजिक सेवामा योगदानको चर्चा गरेका थिए।

n3

कार्यक्रम नवलपुर एफ.एम. र पत्रकार तिर्थराज भुसाल स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न भएको हो। आयोजक संस्थाका अनुसार, पत्रकार भुसालको स्मृतिमा हरेक वर्ष सामाजिक तथा सेवामूलक कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ। स्व. तिर्थराज भुसालको २०७४ सालमा समाचार संकलन गरेर फर्किने क्रममा दाउन्नेमा सवारी दुर्घटनामा निधन भएको थियो। 

n2

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology