विनयी त्रिवेणीले लुम्बिनी प्रदेशका मासुजन्य चौपायालाई दाउन्नेबाट प्रवेश रोक लगाउने

NAWALPUR TIMES
प्रकाशित : २०८२ भदौ २३ गते १३:०७
विनयी त्रिवेणीले लुम्बिनी प्रदेशका मासुजन्य चौपायालाई दाउन्नेबाट प्रवेश रोक लगाउने

कावासोती । किसानका खसीबोका प्रहरीले पक्राउ भन्सार पठाए पछि लुम्बिनी प्रदेशका मासुजन्य चौपायलाई प्रवेश नदिने विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताएका छ्न ।

विनयी त्रिवेणीको बाख्रा पकेट क्षेत्रवाट खरिद गरेर काठमाण्डौ लैजादै गरेका ४० वटा खसिबोका पश्चिम नवलपरासी प्रहरीले समातेर भन्सार बुझाएको घटना प्रति गाउपालिकाका अध्यक्ष गिरीले विज्ञप्ती निकालेर आपत्ति जनाएका हुन ।

गत  भदौ १९ गते विनयी त्रिवेणी गाउपालिका वडा नम्बर ६ का कृषकहरुवाट खरिद गरेर काठमाण्डौ लैजादै गरेका ४० वटा खसिबोका राखेको गाडि प्रहरीले शुक्रवार समातेर महेशपुर भन्सार कार्यालय पठाएको थियो ।

Messenger creation BD155840 3498 4C72 982A E4B4444F571E

सोमबार विज्ञप्ति नारी गर्दै विनयी त्रिवेणीका अध्यक्ष घनश्याम गिरीले लुम्बिनी प्रदेशकै बाटे प्रयोग गरेकै आधारमा पश्चिम नवलपरासी प्रहरीले ग ३ च ४५२९ नं को खसीबोका बोकेको लोड गरेको जीप र जीपका चालक विश्वास परियारलाई पक्राउ गरेको अध्यक्ष गिरीले विज्ञप्ति मार्फत जानकारी दिएका छन ।

पश्चिम नवलपरासीको ईलाका प्रहरी कार्यालय बेलटारीले प्रकाउ गरे महेशपुर भन्सारमा बुझाएको र महेशपुर भन्सारले विनयी त्रिवेणीको खसीबोकालाई भारतिय खसीबोकाको रुपमा मुल्यांकन गरे शुल्क तिराएको र जीप र जीपचालकलाई थुनामा राखेको घटना प्रति गाउँपालिको गभ्भीर ध्यानाकर्षण भएको  अध्यक्ष गिरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विनयी त्रिवेणी गाउँपालिकाको बडा नं. ६ र ७ का जनताहरुलाई आफ्नै कार्यालयसम्म आउने त्रिवेणी दुम्किवास सडक निर्माणलाई प्रकृयाको रुपमा रहेको भनि विभिन्न मन्त्रालयका शाखाहरुमा सहमतिका लागि भन्दै फाइल अड्‌काउने, काम नगर्ने र त्रिवेणी दुम्किबास सडक निर्माण गर्न पनि नदिने, लुम्बिनी प्रदेशको बाटो भएर किसानले उत्पादन गरेको कृषि तथा पशुजन्य वस्तुको व्यापार व्यवसाय गर्न पनि नदिने जस्ता कार्यबाट विनयी त्रिवेणीवासीको जीवनयापनमा गम्भिर प्रत्र उब्जेको छ बताउदै अध्यक्ष गिरीले घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गर्न माग गरेका छ्न ।

“जनताको बाँच्न पाउने अधिकारमा खेलवाड गरी रहेमा र संविधानमा हुँदै नभएका व्यवस्था लागू गर्न खोजेमा हामी विनयी त्रिवेणीवासी सडकमा आई लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको हालको सिमाना पश्चिमबाट पूर्व गण्डकी प्रदेश हुदै लैजाने मासुजन्य पशु चौपायालाई प्रवेश दिन नसकिने समेत अनुरोध छ। यसबाट उत्पन्न हुने जस्तोसुकै परिस्थितिको सामना गर्न विनयी त्रिवेणी गाउँपालिका तयार रहेको समेत बुझ्न अनुरोध छ।” अध्यक्ष गिरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : २०८२ भदौ २३ गते १३:०७
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI