कावासोती । थारु विद्यार्थी समाजको केन्द्रिय अध्यक्षमा सप्तरीका विमल चौधरी निर्वाचित भएका छ्न । चौधरीले अर्का उमेदवार गिता चौधरीलाई ३३ मतान्तरले पराजित गरेका हुन । जम्मा १५३ जना मतदातामा रहेको निर्वाचनमा १४१ मत खसेको थियो । बिमल चौधरीले ८१ मत लाउदा गिता चौधरीले ४८ पाएकि हुन भने १२ मत बदर भएको थियो ।
शनिबार देखि नवलपुरमा सुरु भएको अधिवेशनमा अध्यक्ष पदमा सहमति हुन नसकेपछी निर्वाचन भएको थियो भने अन्य पदहरुमा सर्वसम्मत भएको हो । अध्यक्षमा निर्वाचित बिमल चौधरी नेपाली कांग्रेस निकट र अध्यक्ष पदकी प्रत्यासी गिता चौधरी नागरिक उनमुक्ती पार्टी निकट मानिन्छन ।
अधिवेशनबाट बर्दियाका दिनेश चौधरी, नवलपुरका राजकुमार थनेत, महिला उपाध्यक्षमा नवलपुरकै लक्ष्मी महतो र सुनसरी कि शकुन्तला कुमारी चौधरी र कोषाध्यक्षमा नवलपुरकै सन्दिप महतो सर्वसम्मत भएका हुन । त्यसै गरि उपमहासचिवमा अनेव चौधरी र सोनाम चौधरी चयन भएका हुन ।अधिवेशनले पदाधिकारी सहित २१ सदस्यीय केन्द्रिय समिति चयन गरेको हो ।
प्रकाशित : २०८१ चैत २४ गते १२:५६
Facebook Comment