कावासोती । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा कांग्रेस लुम्विनी प्रदेशका महामन्त्री बिक्रम खनाल रास्वपा प्रवेश गरेका छन ।
रास्वपाका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले भने, “समाजमा राम्रो छवि भएको पहिचान गरेका आधारमा हामीले बिक्रम खनाललाई उम्मेदवार हुन आग्रह गर्यौ, उहा अब पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा रास्वपाका तर्फवाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार हो ।”
कांग्रेसवाट २०७० सालमा प्रतिनिधि सभा सदस्य निर्वाचन जितेका खनाल जिल्लामा लोकप्रिय नेता भनेर चिनिन्छन ।
कांग्रेसको गत साता सम्पन्न बिशेष महाधिबेशनवाट पार्टी सभापतिमा गगन थापा आइसकेपछि कांग्रेस छोडेका खनाल कांग्रेसका उपल्लोतहका नेता हुन । बर्दघाट नगरपालिका निवासी खनाल ५३ वर्षका हुन ।
नवलपरासी पश्चिम क्षेत्र नम्बर १ मा दोस्रो पटक नेपाली कांग्रेसका उम्मेदवार बनेका व्यापारीक पृष्ठभूमिका बिनोद चौधरीसँग खनालले प्रतिस्पर्धा गर्ने छन ।
रास्वपा जानुअघि खनालले जिल्लाका कांग्रेसजन र शुभेच्छुकसंग सरसल्लाह गरेर खनाल रास्वपामा प्रवेश गरेका हुन ।
खनालले शनिवार राती ९ बजे काठमाण्डौको एक होटलमा रास्वपाका सभापति रबि लामिछाने र उपाध्यक्ष डा स्वर्णिम वाग्लेसंग भेटघाट गरेका थिए । त्यस यता खनालले सोमवारवाट आफु उम्मेदवार हो भन्दै प्रचार शुरु गरेको जानकारी दिए ।
पश्चिम नवलपरासी क्षेत्र नम्बर १ वाट अघिल्लो पटक कांग्रेसवाट बिजयी बिनोद चौधरीले आफनो प्रतिबद्धता अनुसार काम नगरेको भन्दै काग्रेसका कार्यकर्ताले असन्तुष्टि बढाइरहदा खनालको रास्वपा प्रबेशलाई अर्थपूर्ण मानिएको छ ।
बिनोद चौधरीलाई २०७९ सालको निर्वाचनमा पश्चिम नवलपरासी लैजाने भूमिका खेलेका कांग्रेसका निर्वतमान केन्द्रिय सदस्य देबेन्द्र कंडेल र लुम्विनी प्रदेशका हालका वन मन्त्री देबकरण जयसवाल समेत बिनोद चौधरीको बिरुद्ध उभिएका छन । चौधरीसंग उनिहरु बिच बोलचाल समेत छैन ।
Facebook Comment