नेकपा माओबादी केन्द्र  देबचुलीकाे अध्यक्षमा भुसाल पुन:  निर्बाचित

NAWALPUR TIMES

नेकपा माओबादी केन्द्र  देबचुलीकाे अध्यक्षमा भुसाल पुन:  निर्बाचित
FB IMG 1739253363698 edit 775396796202524

कावासोती । नेकपा माओवादी केन्द्र देवचुली नगरपालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ। दलदलेस्थित साहारा पार्टी प्यालेसमा सम्पन्न अधिवेशनले सत्यनारायण भुसाललाई पुन: नगर अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित गरेको छ। भुसाल यसअघि पनि नगर कमिटी अध्यक्षको जिम्मेवारी सम्हालिसकेका नेता हुन्।

अधिवेशनले भुसालको नेतृत्वमा ४५ सदस्यीय नयाँ नगर कमिटी गठन गरेको छ। नगर कमिटीको महिला उपाध्यक्ष गाेमा दवाडी  सचिव नारायण भण्डारी , सहसचिव हाेम राज बिक कोषाध्यक्ष गणेश बिक सहित सदस्य जिम्मेवारी तोकिएको छ। २ उपाध्यक्ष पछि थप गर्नै गरि पार्टी नेतृत्व चयनमा सर्वसम्मति कायम गर्दै अधिवेशन सम्पन्न भएको नेकपा माओबादी केन्द्रका जिल्ला नेता ईन्द्र भुसालले बताए ।

निर्वाचित भएपछि अध्यक्ष भुसालले देवचुली नगरको समग्र विकासमा आफू प्रतिबद्ध रहने बताए। उनले स्थानीय जनताको हक, अधिकार, विकास निर्माण, सामाजिक न्याय र समृद्धिको पक्षमा सशक्त रूपमा लाग्ने प्रतिवद्धता जनाए। साथै, पार्टीलाई अझ सुदृढ बनाउन र संगठनलाई स्थानीय तहसम्म प्रभावकारी बनाउने योजनाबारे समेत जानकारी गराए।

नेकपा माओवादी केन्द्र स्थानीय सरकारसँग सहकार्य गर्दै विकास निर्माणका काममा विशेष ध्यान दिने अध्यक्ष भुसालले बताए। जनताको आवश्यकताअनुसार काम गर्न आफू र आफ्नो टोली तत्पर रहेको उनले उल्लेख गरे । अधिवेशनले पार्टी संगठनलाई अझ सुदृढ बनाउने, जनताको सक्रिय सहभागिता वृद्धि गर्ने तथा समाजवाद उन्मुख नीति निर्माण र प्रभावकारी कार्यान्वयनलाई मुख्य प्राथमिकता दिने निर्णय गरेको बताउदै स्थानीय तहका समस्याहरू पहिचान, समाधान र जनअपेक्षाअनुसार सेवा प्रवाहमा पार्टीलाई अझ क्रियाशील बनाउने प्रतिबद्धता पनि व्यक्त गरेकाे छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका  प्रदेश सह ईन्चार्ज हरि अधिकारी कुमार केन्द्रीय सदस्य किसन शर्मा गैरे , नवलपुर जिल्ला ईन्जार्ज तथा केन्द्रीय सदस्य धन प्रसाद सापकाेटा केन्द्रीय सदस्य बालकृष्ण रानाभाट, शुस्मा खनाल , अनिल बिक  , केन्द्रीय लेखा आयाेगका सदस्य  लाेक प्रसाद भुर्तैल भिषण,   केन्द्रीय सल्लाकार ठाकुर चापागाई  पेउ प्रसाद न्याैपाने , प्रदेश उपाध्यक्ष मित्रशरण शर्मा , प्रदेश सभा सदस्य दमयन्ती रूचाल , जिल्ला अध्यक्ष कृण्ण शर्मा  ,सचिब तारा भुसाल  प्रदेश सदस्य सुर्य न्याैपाने तथा जिल्ला तहका नेताहरूको  उपस्थिति रहेकाे  थियो। उनीहरूले अधिवेशनलाई सम्बोधन गर्दै पार्टी संगठनलाई अझ मजबुत बनाउने र स्थानीय स्तरमा जनताको समस्याहरू समाधान गर्न प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

अधिबेशनमा पाटीलाई महत्त्वपूर्ण याेगदान पुर्याउने सहिद परिवार , घाईते अपांग तथा पाटीमा योगदान दिने वरिष्ठ तथा सक्रिय सदस्यहरूलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियाे ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology