कविता: “बा”

राजन पाण्डे
प्रकाशित : २०८२ भदौ ७ गते १३:३२
कविता: “बा”
राजन पाण्डे

युग युगसम्म तपाईँलाई,
गीतहरुमा लेख्न सकुँ,
गजलहरुमा गाउन सकुँ,
निबन्धहरुमा भेट्न सकुँ,
कथामा हिरो बनाउन सकुँ,

बा
मलाई थाहा छ,
भीडहरूमा तपाईँ देखिनुहुन्न,
कोलाहालहरूमा तपाईँ सुनिनुहुन्न,
तर,
हरेक क्षण मनले तपाईँलाई देखेको छ,
मनभित्रको मनले तपाईँलाई सुनेको छ ।

बा
आज हजुरलाई,
मनभित्रको मन चढाउँदै छु।
स्मृति र अनुभूतिका पहेलीहरू चढाउँदैछु।

बा,
आकाश हेर्छु,
त्यो पनि हजुर नै हो जस्तो लाग्छ।
हर दिशा र दूरीहरूमा तपाईँको दृष्टि छ जस्तो लाग्छ।
जहाँ पुगुँ, त्यहाँ तपाईंको आलिङ्गन छ जस्तो लाग्छ।

बा,
धर्ती हेर्छु,
त्यो पनि हजुर नै हो जस्तो लाग्छ।
थाम्न र थामिन हजुरको आधार छ जस्तो लाग्छ।
जहाँ पुगुँ, त्यहाँ तपाईंको साथ छ जस्तो लाग्छ।
निजत्व र क्रियाशीलताको आधार छ जस्तो लाग्छ।
हार्दिक श्रद्धा सुमन बा !

प्रकाशित : २०८२ भदौ ७ गते १३:३२

ताजा अपडेट

Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI