कावासोतीकी अस्मिताले लोकसेवाको ५ वटा लिखित परीक्षामा एकै पटक निकालिन नाम

NAWALPUR TIMES

कावासोतीकी अस्मिताले लोकसेवाको ५ वटा लिखित परीक्षामा एकै पटक निकालिन नाम

कावासोती । नवलपुरको कावासोती नगरपालिका वडा नं १ कि अस्मिता लम्साल एकै पटक लोकसेवाको ५ वटा लिखित परीक्षामा नाम निकाल्न सफल भएकी छिन ।

सानै उमेरदेखि पढाईमा लगनशील अस्मिताले गत वर्षको माघ र फागुन महिनामा भएका संघीय लोकसेवा आयोग तथा प्रदेश लोकसेवा आयोगले सन्चालन गरेका फरक फरक ५ वटा परीक्षामा नाम निकाल्न सफल भएकी हुन ।

त्रिभुवन विश्वविद्यालयको कृषि एवं पशु विज्ञान अध्ययन संस्थानको पक्लिहवा क्याम्पसबाट पशु विज्ञान तथा पशुपालनमा स्नातक तह उतिर्ण गरेकी लम्सालले संघिय लोक सेवा आयोगले गत वर्षको माघमा सन्चालन गरेको रा.प.तृतीय पशु चिकित्सक, प्रदेश लोकसेवा आयोग वाग्मतीले गत वर्षको माघमा सन्चालन गरेको आठौं तहको पशु चिकित्सक र पशु अधिकृत, प्रदेश लोकसेवा आयोग कोशीले गत वर्षको फागुनमा सन्चालन गरेको सातौं तहको पशु विकास अधिकृत र सातौं तहको पशु चिकित्सकको लिखित परीक्षामा नाम निकालेकी हुन । यी सबै परीक्षाको नतिजा यसै साता प्रकाशित भएका हुन ।

हाल वाग्मती गाउँपालिकामा भेटेनरी प्राविधिक सहायकमा कार्यरत उनले नवलपुरको कावासोतीमा रहेको सिद्धार्थ आवासिय माध्यमिक विद्यालयबाट एसइई र चितवनको वाल्मीकि शिक्षा सदनबाट कक्षा १२ सम्मको अध्ययन उतिर्ण गरेर त्रिभुवन विश्वविद्यालयको कृषि एवं पशु विज्ञान अध्ययन संस्थानको पक्लिहवा क्याम्पसबाट पशु विज्ञान तथा पशुपालनमा स्नातक तह उतिर्ण गरेकी हुन ।

एकै पटक पाँच ठाउँको लिखित परीक्षा मा नाम निकालेकी अस्मिताले यति बेला अन्तर्वार्ताको तयारीमा जुटेकी छिन ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology