कावासोती । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफलमा चित्त नबुझेका विद्यार्थीहरूका लागि पुनर्योगको लागि साउन २९ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ ।
बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले आज एक सूचना जारी गर्दै पुनर्योग गर्न चाहनेले अनलाइनमार्फत निवेदन दिन आग्रह गरेको हो।
गत वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालित कक्षा १२ को नियमित तथा आंशिक परीक्षाको नतिजा साउन १९ गते प्रकाशित भएको थियो।
प्रकाशित : २०८२ साउन २१ गते ९:४५
Facebook Comment