गण्डक ब्यारेजमा बेवारिसे शव फेला

NAWALPUR TIMES

गण्डक ब्यारेजमा बेवारिसे शव फेला

कावासोती । नवलपुरमा बेवारिसे शव फेला परेको छ।

बिनयी त्रिवेणी गाउँपालिका-७ स्थित नेपाल भारत सीमा क्षेत्रमा रहेको गण्डक  ब्यारेज पुलमुनी तैरिरहेको अवस्थामा शव फेला परेको हो।

हाल नाम थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

दाहिने हातमा बिनोद लेखेको ट्याटु रहेका ती पुरुषको सनाखतको प्रयास भइरहेको प्रहरीले जनाएको छ।

उक्त शव परीक्षणको लागि मध्यविन्दु प्रादेशिक अस्पताल नवलपुरमा राखिएको छ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology