नवलपुरका आठ स्थानिय तह मध्ये हुप्सेकोटको बेरुजु सबै भन्दा कम

NAWALPUR TIMES

नवलपुरका आठ स्थानिय तह मध्ये हुप्सेकोटको बेरुजु सबै भन्दा कम

कावासोती । नवलपुरको हुप्सेकोट गाउँपालिका जिल्लामा सबै भन्दा कम बेरुजु हुने पालिका बन्न सफल भएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा नवलपुरका आठ वटा पालिका मध्य हुप्सेकोट गाउँपालिका सबै भन्दा कम बेरुजु भएको पालिका बनेको हो ।

महालेखा परीक्षकको वार्षिक प्रतिवेदन अनुसार हुप्सेकोट गाउँपालिकामा १.०० प्रतिशत बेरुजु रहेको उल्लेख रहेको छ । हुप्सेकोट गाउँपालिकाको कुल लेखा परीक्षण रकम १ अर्ब १३ करोड, ८३ लाख, ९ हजार मध्य १ करोड १३ लाख ८५ हजार बेरुजु कायम गरेको छ । जिल्लाका आठ वटै पालिका मध्य हुप्सेकोट गाउँपालिकाको बेरुजु प्रतिशत सबै भन्दा कम रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Screenshot 20250706 130353 com google android apps photos LocalPhotosActivity

यसअघिको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा जिल्लाका आठ वटै पालिका मध्य सबै भन्दा धेरै बेरुजु कायम भएको हुप्सेकोट गाउँपालिकाले एक वर्षमा सुधार गर्दै जिल्लामा नै सबै भन्दा कम बेरुजु भएको पालिका बन्न सफल भएको हो । आर्थिक वर्ष २०७९/८० मा हुप्सेकोट गाउँपालिकामा २.०४ प्रतिशत बेरुजु रहेको थियो ।

हुप्सेकोट गाउँपालिका बेरुजु रकममा उल्लेख्य सुधार गर्न सफल हुनुमा जनप्रतिनिधि र कर्मचारीको सुशासन प्रतिको प्रतिबद्धता नै प्रमुख सूत्र रहेको गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनु भयो ।गाउँपालिकामा असल लेखा प्रणाली, बजेट कार्यान्वयनमा कानुन र ऐनको परिपालना, नीति कार्यक्रमको लक्ष र उद्देश्य अनुरूप कार्यक्रम तर्जुमा लगायतका माध्यम वाट बेरुजु कम गरिएको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पराजुलीले बताउनु भयो ।

दोस्रो कम बेरुजुमा देवचुली नगरपालिका १.२९, कावासोती नगरपालिकामा १.४५, विनयी त्रिवेणी गाउँपालिका १.४७, बुलिङटार गाउँपालिका १.८७, मध्यविन्दु नगरपालिका २.६२, गैँडाकोट नगरपालिका ३.२६, बौदीकाली गाउँपालिका ४.३२ प्रतिशत बेरुजु रहेको देखिएको छ ।

आर्थिक कार्यविधि ऐन–२०५५ अनुसार बेरुजु भन्नाले प्रचलित कानुन बमोजिम पु¥याउनु पर्ने रीत नपुरयाई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी लेखा परीक्षण गर्दा औँल्याएको वा ठहराएको कारोबारलाई सम्झनु पर्दछ भनी उल्लेख गरेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology