शुरू भयो अमलेखगञ्ज—लोत्थर पेट्रोलियम पाइपलाइनको काम

NAWALPUR TIMES
प्रकाशित : २०८२ साउन १८ गते १३:०८
शुरू भयो अमलेखगञ्ज—लोत्थर पेट्रोलियम पाइपलाइनको काम

कावासोती । अमलेखगञ्ज—लोत्थर पेट्रोलियम पाइपलाइनको काम शुरु भएको छ । चितवनको राप्ती १ लोत्थरमा आज कार्यालय उद्घाटन गरिएको हो ।

कार्यक्रममा बोल्दै नेपाल आयाल निगमका उपनिर्देशक एवं आयोजना प्रमुख प्रदीपकुमार यादवले आजबाट परियोजना अघि बढेको र यसले अमलेखगञ्जदेखि लोत्थरसम्म पाइप लाइन बिच्छ्याउने क्रममा जनतासँगै जोडिएको विषय भएको बताए ।

अहिले मोतीहारी अमलेखगञ्ज पाइपलाइन रहेको बताए । उक्त परियोजनाको पाइपलाइन बिच्छ्याउने काम १५ महिनाभित्रै सम्पन्न गरेको बताए । अमलेखगञ्ज—लोत्थरसम्म ५४ महिनामा पाइपलाइन बिच्छ्याउने काम सक्ने लक्ष्य लिइए पनि यो धेरै लागेको बताए ।

उनले ५४ महिनाको काम तीन वर्षमा सक्ने गरी प्रयास गर्ने पनि बताए ।

प्रकाशित : २०८२ साउन १८ गते १३:०८
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI