स्ववियु निर्वाचन हुने नवलपुरका सबै क्याम्पसको निर्वाचन कार्यालयमा अनेरास्ववियुको तालाबन्दी

NAWALPUR TIMES
प्रकाशित : २०८१ फागुन २६ गते ९:५९
स्ववियु निर्वाचन हुने नवलपुरका सबै क्याम्पसको निर्वाचन कार्यालयमा अनेरास्ववियुको तालाबन्दी

कावासोती । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने नवलपुरका सबै क्याम्पसहरुको स्ववियु निर्वाचन कार्यालयमा नेकपा एमाले निकट विद्यार्थी संगठनअनेरास्ववियु र नेकपा एस निकट अनेरास्ववियुले तालाबन्दी गरेको छ ।

आईतबार दुवै अनेरास्ववियुले जिल्लामा स्ववियु निर्वाचन हुने सबै क्याम्पसका निर्वाचन समितिका कार्यालयमा तालाबन्दी गरेको एमाले निकट अनेरास्ववियु नवलपुरका अध्यक्ष सौगात भुसालले जानकारी दिए ।

तालाबन्दी पछिजिल्ला अनेरास्ववियु अध्यक्ष भुसाल र नेकपा एस निकट अनेरास्ववियुका जिल्ला अध्यक्ष विशाल थापाले निकलेको विज्ञप्तिमा विद्यार्थी संघ संगठन दर्ता पश्चात विद्यार्थी संघ संगठनहरुलाई आचार संहिता बनाउने विषयमा नबोलाएको, स्ववियु निर्वाचनको पूर्व सन्ध्यामा निर्वाचन प्रक्रिया लाई प्रभावित गर्ने हेतुले विधार्थी भर्नामा व्यापक अनियमितता गरेको, क्याम्पसमा स्ववियु निर्वाचन नगर्ने र गर्नै पर्ने भए पनि आफू अनुकुल बनाउन आफु अनुकुल संगठन लाई मात्र बोलाएर अनेरास्ववियुलाई कुनै छलफलमा नबोलाएको र क्याम्पसहरु कुनै अमुक संगठन को पक्षमामा उभिए‌को बताईएको छ ।

विधार्थी संगठनहरुलाई कुनै छलफलमा नबोलाईकन स्याम्पस प्रशासन अनुकुल विधार्थी संगठन सँग मात्र सहकार्य गर्दै अन्य संगठन लाई विभेदपूर्ण नियतले एकलौटी ढंगले प्रक्रिया अगाडी बढेको प्रति गम्भीर असहमति जनाउदैँ ताला लगाईएको अनेरास्ववियुद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।

अनेरास्ववियुले जिल्लाका कुमारवर्ती, मध्यविन्दु, एसपिएम, नवजागरण, देवचुली, जनज्योति र अरुणखोला बहुमुखीको स्ववियु निर्वाचन कार्यालयमा ताला लगाएको हो ।

 

मध्यविन्दुमा नेपाल विद्यार्थी संघले लगाएको ताला खुल्यो

यसै बिच नेपाल विद्यार्थी संघले मध्यविन्दु बहुमुखी क्याम्पसको निर्वाचन समितिको कार्यालयमा लगाएको ताला खोलेको छ । नेविसंघले यस अघि विद्यार्थीको नामावली सार्वजनिक गर्दा नाम ठेगान र मोबाईल नम्बर सहितको नामावली सार्वजनिक हुनु पर्ने माग राखेर तालाबन्दी गरेको थियो भने क्याम्पस प्रशासनले मोबाईल नम्बर व्यक्तिगत कुरा भएकाले उपलब्ध गराउन नसक्ने बताउदै आएको थियो ।

नेविसंघ केन्द्रिय सदस्य एवं मध्यविन्दुका ईकाई सभापति खिमलाल कंडेलले स्ववियु निर्वाचनको वातावरण बनाउन आफ्ना मागलाई थाती राख्दै ताला खोलिएको बताए ।

नेविसंघले लगाएको ताला खुले पनि दुवै अनेरास्ववियुले यहाँको निर्वाचन कार्यालयमा ताला लगाए पछि यहाँ पनि निर्वाचन प्रक्रिया अगाडि बढन सकेको छैन ।

प्रकाशित : २०८१ फागुन २६ गते ९:५९
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI