मध्यविन्दुमा कृषि प्रविधि तथा रैथाने खाना महोत्सव सुरु

NAWALPUR TIMES

मध्यविन्दुमा कृषि प्रविधि तथा रैथाने खाना महोत्सव सुरु

कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिका-७ चोरमारामा प्रथम मध्यविन्दु कृषि प्रविधि तथा स्थानीय रैथाने खाना महोत्सव सुरु भएको छ  ।

महोत्सवको बिहीबार एक कार्यक्रमबीच कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले उद्घाटन गरेका छ्न । वास्तविक कृषकलाई अनुदान दिने कुरामा अहिलेको सरकार प्रतिबद्ध रहेको बताए ।

संविधानमा नै कृषि क्षेत्रको समग्र विकासको जिम्मा स्थानीय सरकारलाई दिने कुरा उल्लेख रहेको जिकिर गर्दै मन्त्री अधिकारीले  मध्यविन्दु नगरपालिकाले यस किसिमको कृषि महोत्सवको आयोजन गरेर नवीनतम कार्यको सुरु गरेको भन्दै यसले कृषि उत्पादन र बजारीकरणमा टेवा पुग्ने बताएका हुन ।

 

उदघाटन समारोहमा बोल्दै प्रतिनिधि सभा सदस्य बिष्णु कुमार कार्कीले नवलपुरमा कृषिको सम्भावना  र कृषकले भोग्नुपरेको समस्याका सन्दर्भमा कृषि मन्त्रीको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा संविधान सभा सदस्य कृष्ण पौडेल,बिनयी त्रिबेणि गाउँपालिकाका अध्यक्ष घनश्याम गिरि,मध्यबिन्दु नगरपालिकाका पुर्ब मेयर चन्द्र बहादुर राना लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

महोत्सवमा पालिकाभित्र रहेका उत्कृष्ट कृषि उत्पादन, प्रविधि तथा विभिन्न जातजातिको मौलिक खाना प्रदर्शनीमा राखिएको छ । किसानलाई नयाँ प्रविधिको सीप विकासका लागि मुलुकका विभिन्न स्थानबाट कृषि औजार र प्रविधिका स्टलहरु रहेका छ्न्

तीन दिनसम्म चल्ने महोत्सवमा सहभागी हुने किसान र समूहलाई नि:शुल्करुपमा स्टल उपलब्ध गरिएको मध्यविन्दु नगरपालिकाका प्रमुख भिमलाल अधिकारीले बताए ।

Screenshot 20250622 170217 com facebook orca MainActivity

प्रदर्शनीमा थारु, मगर, नेवार, गुरुङलगायतका जातजातिको रैथाने खानाको स्टलमा सहभागीको भीड लागेको थियो । महोत्सव सुरु हुनुअघि जातजातिको मौलिक बाजा र पोसाकमा सजिएका स्थानीयले नगर परिक्रमा गरेका थिए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology