१८ वर्ष पछि नवलपुर एक मा कांग्रेसले स्थानीय उम्मेदवार उठाउदा कांग्रेसमा उत्साह

NAWALPUR TIMES

१८ वर्ष पछि नवलपुर एक मा कांग्रेसले स्थानीय उम्मेदवार उठाउदा कांग्रेसमा उत्साह

कावासोती । देशभरका निर्वाचन क्षेत्र मध्ये नेपाली कांग्रेसको बलियो र पकड क्षेत्र मानिएको नवलपुर क्षेत्र नं १ मा नेपाली कांग्रेसले १८ वर्ष पछि स्थानीय उम्मेदवारलाई मैदानमा ल्याउदा कांग्रेसमा उत्साह देखिएको छ ।

नेपाली कांग्रेसको संसदीय बोर्डले नवलपुर एक मा स्थानीय युवा बालकृष्ण घिमिरेलाई उम्मेदवार बनाएर अगाडी सारेको हो । बुलिङ्ग्टारमा जन्मिएका घिमिरे कावासोतीमा बस्दै आएका छ ।

घिमिरेको उम्मेदवारी सँगै यो क्षेत्रमा नेपाली कांग्रेसको १८ वर्ष पछि स्थानीय नेता उम्मेदवार बनेका हुन । २०६४ देखि कांग्रेसका पुर्व महामन्त्री डा.शशांक कोइराला निरन्तर यो क्षेत्रबाट विजयी हुँदै आएका थिए ।

नेपाली कांग्रेसका लागि बलियो क्षेत्र मानिने यो निर्वाचन क्षेत्रमा २०४८ मा सुर्य भक्त अधिकारी, २०५१ मा महेन्द्रध्वज जिसी, २०५६ मा दामोदर बस्ताकोटी विजयी भएका थिए भने २०५६ पछिका सबै निर्वाचनमा कांग्रेसका पुर्व महामन्त्री बिपि पुत्र शशांक कोइरालाले जित हासिल गरेका थिए ।

वि.स २०६४ देखि लगातार बिपि पुत्र कोइरालालाई उम्मेदवार बनाउदा  नेपाली कांग्रेसले स्थानीय उम्मेदवार दिन नसकेको आरोपका बाबजुद  निर्वाचन जित्दै आएको कांग्रेसले यस पटक स्थानीय उम्मेदवारलाई अगाडी सार्दा कांग्रेसजन सहित आम मतदातामा उत्साह बढेको कांग्रेस गैंडाकोटका सभापति बद्री सापकोटाले दाबी गरे ।

घिमिरेको उम्मेदवारी सँगै कांग्रेस मात्रै नभएर आम मतदातामा समेत उत्साह देखिएको नेपाली कांग्रेस नवलपुरका सहसचिव राजेश पौडेलले दाबी गरे । “स्व. नेता सुर्यभक्तले सुरु गरेको विजयी अभियानलाई नवलपुर १ का मतदाताले फेरि पनि अनुमोदन गर्ने कुरामा दुई मत छैन”, पौडेलले भने, शशांक कोइरालाले सुरु गरेको समृद्ध नवलपुरको अभियानको जिम्मेवारी मतदाताले घिमिरेलाई दिदैछ्न ।”

यस क्षेत्रमा अघिल्लो चुनावमा नेपाली काँग्रेसका उम्मेद्वार डा. शशांक कोइरालाले २७ हजार ६७ मत प्राप्त गरेका थिए । यस्तै अघिल्लो चुनावका उपविजेता एमालेका कृष्ण पौडेल २५ हजार ४७ मत र रास्वपाका उम्मेद्वार राजन गौतमले २४ हजार ३ सय ५ मत प्राप्त गरेका थिए ।

कांग्रेस, एमाले र रास्वपाको त्रिपक्षीय भिडन्त देखिएको भए पनि स्थानीय, युवा र बौद्धिक नेताको परिचय बनाएका र पहाडी पालिका बुलिङ्ग्टारबाट राजनीति सुरु गरेका घिमिरेको उम्मेदवारीले कांग्रेस विरासत जोगाएर जित निकाल्ने दाउमा रहेको छ भने एमाले र रास्वपाले कांग्रेसको गढ भत्काउन कम्मर कसेर लागेका छ्न । यो क्षेत्रमा एमालेले भागिरथ सापकोटा र रास्वपाबाट राजन गौतमको उम्मेदवारी परेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology