गैंडा मारेको मुद्दामा फरार अभियुक्त पक्राउ

गैंडा मारेको मुद्दामा फरार अभियुक्त पक्राउ

कावासोती । गैंडा मार्ने उद्योग गरेको मुद्दामा फरार रहेका एक जना अभियुक्तलाई चितवन राष्ट्रिय निकुञ्जले हेटौंडा बाट पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगर पालिका वडा नं ३ लेवटका राकेश लामगाडे भनेर चिनिने रामशरण बि.क.लाई चितवनको खैरहनी नगरपालिका ६ पर्सा बजार क्षेत्रबाट पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।

सूचना अधिकारी मगरका अनुसार गैंडा मारेको उद्योग मुद्दामा फरार लामगाडेले यस अघि पनि गैंडा मारी खाग बिक्री व्यवसाय सम्बन्धी तीनवटा मुद्दामा सजाय ठहर भई कैद भुक्तान गरेका थिए ।

पक्राउ परेका लामगाडेलाई शुक्रबार चितवन जिल्ला अदालत पेस गरिएको थापाले बताए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology