नवलपुर, पुस १८
सवारी दुर्घटनापछि ९ वर्षदेखि फरार रहेका ट्रक चालकलाई जिल्ला प्रहरी कार्यालय नवलपुरले पक्राउ गरेको छ।
२०७४ साल असोजमा कावासोती नगरपालिका–११ स्थित लोकाहा पुल नजिक पूर्व–पश्चिम राजमार्ग सडक खण्डमा भएको दुर्घटनामा मोटरसाइकल चालक रोशन बहादुर ठाडा मगर र पछाडि सवार रन बहादुर आलेको मृत्यु भएको थियो। दुर्घटनामा लु ३६ प ५९७४ नम्बरको मोटरसाइकललाई ना ४ ख ८६२२ नम्बरकाे ट्रकले ठक्कर दिएकाे थियाे ।
दुर्घटनापछि फरार रहेका ट्रक चालक सुनवल नगरपालिका८ का करिब ३० वर्षीय सुनिल सुनारलाई प्रहरी टोलीले खोजतलासका क्रममा निजकै घर बाट आज पक्राउ गरेको हो।
पक्राउ परेका सुनारलाई नवलपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी सवारी ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी बिरेन्द्र राज गुरुङले जनाए ।
लामो समयदेखि फरार अभियुक्तलाई कानुनी दायरामा ल्याइएको जानकारी दिँदै अनुसन्धानलाई अगाडि बढाइएको प्रहरीले बताएकाे छ ।
Facebook Comment