बालबालिकाको आश्रयस्थलमा टिपर पस्दा तीनजनाको मृत्यु

NAWALPUR TIMES

बालबालिकाको आश्रयस्थलमा टिपर पस्दा तीनजनाको मृत्यु
Dead 1561007018

कावासोती । काठमाडौंको साँखुमा बालबालिकाको आश्रयस्थलमा टिपर पस्दा तीनजनाको मृत्यु भएको छ।

शंकरापुर नगरपालिका–६ सलम्बुटारमा ​द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस)ले सञ्चालन गरेको आश्रयस्थलमा शुक्रबार बिहान सवा ३ बजे बा २ क ६५८० नम्बरको टिपर बाटो छाडेर आश्रयस्थलको टहराभित्र छिरेको थियो।

ठक्करबाट दुई बालबालिका र एक युवकको मृत्यु भएको आश्रयस्थलका अध्यक्ष युवराज थापाले जानकारी दिए। बालबालिका सुतिरहेको टहरामा टिपर पसेको थियो।

घटनालगत्तै प्रहरीले घाइतेहरूलाई नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटी पुर्‍याएको थियो। चिकित्सकले साढे ४ बजे मृत घोषणा गरे।

टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय सागर माझीलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ। टिपरलाई डोजरले बाहिर निकालिएको छ। घटनाको अनुसन्धान भइरहेको साँखु प्रहरीले जनाएको छ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology