पूर्व राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालको जन्मदिनमा असहाय केन्द्रमा सेवा मूलक कार्यक्रम सम्पन्न

NAWALPUR TIMES

पूर्व राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालको जन्मदिनमा असहाय केन्द्रमा सेवा मूलक कार्यक्रम सम्पन्न

चितवन, जेठ ११

नेपाल जेसीज वर्ष २०२१ का राष्ट्रिय अध्यक्ष तथा बीसहजार जेसीज २०१० का पूर्व अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनालको जन्मदिनको अवसरमा बीसहजार जेसीजको आयोजनामा भरतपुर-११ स्थित मनजुश्री असहाय केन्द्रमा “खाना खुवाउने तथा केक काट्ने” विशेष सेवा मूलक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम बीसहजार जेसीजका अध्यक्ष जेसी दिवाकर पौडेलको अध्यक्षतामा सम्पन्न भयो भने कार्यक्रमको संयोजन जेसी जीवन ढकालले गरेका थिए। कार्यक्रमको सञ्चालन महासचिव जेसी विष्णु पोखरेलले गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि खनालले असहाय बालबालिकाहरूसँग जन्मदिन मनाउनु आफ्नो जीवनको सबैभन्दा भावुक र मूल्यवान् क्षण भएको उल्लेख गर्दै भने, “सामाजिक सेवामा समर्पण गर्नु नै मानव जीवनको साँचो उद्देश्य हो। मैले जन्मदिनको अवसरमा असहाय बालबालिकाहरूसँग समय बिताउन पाउँदा गर्व महसुस गरेको छु।”

Messenger creation FD1292D6 700D 46AE 981C BD3E2360DAE6

कार्यक्रममा खनालले बालबालिकाहरूसँग केक काट्दै आत्मीयता बाँडेका थिए। उनलाई बीसहजार जेसीज तथा मनजुश्री असहाय केन्द्रका साथीहरूले खादा, माला र पुष्पगुच्छासहित सम्मान गरेका थिए।

कार्यक्रममा बीसहजार जेसीजका पूर्व अध्यक्षहरू—जेसी प्रमिला सुवेदी, जेसी सन्तोष मजाकोटी, जेसी वेदराज न्यौपाने, जेसी सुरज हमाल तथा मनजुश्री असहाय केन्द्रकी प्रमुख मनजु खाड लगायतले मन्तव्य व्यक्त गर्दै अरुणेश्वर खनालको दीर्घकालीन नेतृत्व, सेवा भावना र सामाजिक योगदानको प्रशंसा गरेका थिए।

अरुणेश्वर खनालले नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र युवाको सशक्तीकरणका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका छन्। नेपाल जेसीजको राष्ट्रिय अध्यक्षको रूपमा २०२१ मा काम गर्दा उनले संस्थालाई प्रभावकारी ढंगले सञ्चालन गरी देशभर विभिन्न सामाजिक परियोजनाहरू कार्यान्वयनमा ल्याएका थिए।

कार्यक्रमको अन्त्यमा सभापति जेसी दिवाकर पौडेलले सबै अतिथि, सहभागी र केन्द्र परिवारप्रति आभार व्यक्त गर्दै यस्ता सेवामूलक क्रियाकलापले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास व्यक्त गरे।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology