कविता : “आउ बुढी दल खोलौं”

NAWALPUR TIMES

कविता : “आउ बुढी दल खोलौं”
राजन पाण्डे

श्रमिकलाई मनपर्ने नारा दिने हो,
युवालाई मनपर्ने उपदेश दिने हो,
गरिबलाई मनपर्ने सपना दिने हो,
राजकाजको फल आफैंले लिने हो,
हातमुख जोड्ने जागिर किन चाहियो ?
त्यसैले बुढी,
आउ दल खोलौँ ।

एक सिट मात्रै जितौं जसो तसो सरकारमा गइन्छ,
झन्डावाल गाडी र डण्डावाल सुरक्षा पाइन्छ,
भुत्राको हातमुख जोड्ने जागिर चाहिन्छ ?
त्यसैले बुढी,
आउ दल खोलौं।

इलेक्सनको डिरेक्सन फेरेर पनि,
चाहिए तेल घसेर पनि,
परे मुठी कसेर पनि,
एक थान सांसद हुने हो।
मन्त्रीको पद यही वर्ष छुने हो।
वेक्कारको हातमुख जोड्ने जागिर किन चाहियो?
त्यसैले बुढी,
आउ दल खोलौं।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology