सुन्य समय
सुन्य मन
सुन्य परिस्थिति
सुन्य नै सुन्य बीचमा
एउटा तरङ्ग उठछ
समुन्द्रको छाल जस्तै मनभित्र
अब के ?
अब
उठ्नुपर्छ फेरि सुन्य बाटै
गल्तिबाट पाठ सिक्दै
त्यसलाई फेरि नदोहोर्याउने गरी
बुझ्नुपर्छ भावानालाइ गहिरो संग
जिल्याउनुछ झारपातहरुलाइ
गोडमेल गरेर
हरेस खाएर होइन
उत्साह भरेर
मलजल गर्नुछ बिरुवालाइ
ठुलो रुख बनाउनको लागि।
आउनुहोस् हातेमालो गरौं
फेरि एकपटक ,
अतितलाइ बिर्सेर
सुन्यलाइ पुर्णता प्रदान गर्न ।
हिजो अलिकति हावाहुरी आयो
रुखका हागाहरु केही हल्लिए
मक्किएका हागा केही झरे
पहेलिएका पातहरु भुइँमा खसे
पल्लो घरको छिमेकीहरु
हास्न थाले ,
मख्ख परे
बुझेनन जरा हल्लिएको छैन भन्ने
बुझेनन नयाँ पालुवाको लागि पात झर्छ भन्ने कुरा,
जोरिपारी मात्रै होइन
केही आफन्त पनि छिमेकी संगै रमाए
दंग परे र हा मा हा मिलाए
बुझेनन् सुन्यमै संसार अडेको छ भन्ने ।
पहेलिएका पात झर्दा
केही छिमेकी र केही आफन्त
रमाउदैमा के भो र
अहिले पनि हजारौं माली
औजार लिएर बसेकाछन
मक्किएका हाँगा
काटछाट गर्न ,
गोडमेल गर्न,
अनि मलजल गर्न ।
हामी गलेका छैनौ
हामी थाकेका छैनौ
उहि जोस ,
उहि जागर,
उहि उत्साह,
हामी उठ्दैछौ
नयाँ शिराबाट
नयाँ सोचबाट
नया बिचारबाट
सुन्यतालाइ पुर्णता प्रदान गर्न ।
Facebook Comment