दुम्किबासमा भासिएको पुलको विकल्पमा नयाँ पुल वर्षा अगाडीनै बन्ने

NAWALPUR TIMES

दुम्किबासमा भासिएको पुलको विकल्पमा नयाँ पुल वर्षा अगाडीनै बन्ने

कावासोती । पूर्वपश्चिम राजमार्गअर्न्तगत नवलपुरको दुम्किबासमा पुल भासिएपछि अहिले डाइभर्सनबाट सवारी सञ्चालन भइरहेको छ । वर्षायामको जोखिमलाई ध्यान दिई विकल्पका रूपमा नयाँ पुल निर्माणको कामलाई पनि तीव्रता दिइएको छ ।

नारायणगढ बुटवल सडक विस्तारका क्रममा पुल भासिएको स्थानमा नै नयाँ पुल निर्माण भइरहेको छ । भासिएको पुल मर्मतका लागि समय धेरै लाग्ने भएकाले बन्दै गरेको पुल सम्पन्न गर्न अहिले धमाधम काम भइरहेको आयोजनाले जनाएको छ । २ सय ५० मिटर लामो पुलको पहिलो स्पानको ढलान सम्पन्न भएको छ ।

आउँदो वर्षायाम अगावै निर्माण गरी सवारी सञ्चालन गर्ने उद्देश्यले तीव्र गतिमा काम भइरहेको नारायणगढ बुटवल सडक विस्तार आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले बताए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology