नारायणी नदी पुलबाट हाम फाल्न लागेको पुरुषको प्रहरीद्धारा उद्धार

NAWALPUR TIMES
प्रकाशित : २०८२ साउन १७ गते १९:३८
नारायणी नदी पुलबाट हाम फाल्न लागेको पुरुषको प्रहरीद्धारा उद्धार

नवलपुर  । एकै दिन नारायणी नदीमा हाम फालेर दुई जना वेपत्ता भएको तीन दिनपछि फेरी अर्का एक जनाले नदीमा हाम फाल्ने प्रयास गरेका छन् । आइतबार गैँडाकोट नगरपालिका–२ को नारायणी नदी पुलबाट नदीमा हाम फाल्न लागेको अवस्थामा प्रहरीले चितवन भरतपुर महानगरपालिका–४ का ५४ वर्षीय पुरुषलाई उद्धार गरेको हो ।

प्रहरीले हाम फाल्न लागेका पुरुषको नाम ठेगाना गोप्य राखेको छ । उनलाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए ।

गत बुधबार एकै दिन नारायणीबाट हाम फालेका दुई जना अझै भेटिएका छैनन् । गैँडाकोट नगरपालिका ५ कुसमुघाट निवासी १५ बर्षीय किशोर आदेश श्रेष्ठ र नुवाकोट जिल्लाको साविक हलदेब गाविस वार्ड नं १ स्थायी घर भएका ५९ बर्षीय मिठा गिरी नदीमा हाम फालेर वेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८२ साउन १७ गते १९:३८
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI