कावासोती । नवलपुरको अमलटारीमा पोथी गैँडाको मृत्यु भएको छ ।
कावासोति-१५ मा रहेको गुन्द्रही ढकाहा सामुदायिक वनमा पोथी गैँडाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।थापाका अनुसार उक्त गैँडा बूढो र बिरामी थियो ।
सोमबार साँझ पानी पिउन निस्किएको गैंडा मंगलबार बिहान मृत फेला परेको थियो । उक्त गैंडा पानी पिए पछि त्यहाँ बाट निस्कन सकेको थिएन । निकुञ्ज कर्मचारी र सामुदायिक वनको टोलिले गैँडा निस्कन सहज होस भनेर बाटो बनाईदिएका गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष नरबहादुर महतोले बताए ।
त्यहाँबाट निस्किएर केही अगाडी गएपछी उक्त गैंडा ढलेको अवस्थामा मंगलबार बिहान मृत फेला परेको हो । बूढो भैसकेको गैँडाको अगाडिको खुट्टामा समस्या थियो । मृत अवस्थामा फेला परेको गैँडाको खाग र खुर सुरक्षित रहेको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा यो आर्थिक वर्षमा मरेको यो दोस्रो गैँडा हो । गत आर्थिक वर्षमा यहाँ २८ वटा गैँडा मरेका थिए ।
प्रकाशित : २०८२ भदौ १० गते १२:१३
Facebook Comment