देवचुलीमा पोथी गैंडा मृत फेला

NAWALPUR TIMES
प्रकाशित : २०८२ कार्तिक ८ गते २०:५०
देवचुलीमा पोथी गैंडा मृत फेला

कावासोती । नवलपुरको देवचुलीमा पोथी गैंडा मृत फेला परेको छ ।

चितवन राष्ट्रिय निकुञ्जको शिशवार उपभोक्ता समितिको कार्य क्षेत्रमा पर्ने देवचुली-१७ को आंँपको बगैंचा मा अन्दाजी ३०/३२ वर्षको पोथी गैंडा फेला परेको निकुञ्जका सूचना अधिकारी अविनाश थापाले जानकारी दिए ।

सूचना अधिकारी थापाका अनुसार बिगत ६/७ वर्ष देखि आँपको बगैंचालाई बास स्थान बनाउदै आएको उक्त गैंडा बिगत केही समय देखि बिरामी थियो ।

शिसवार उपभोक्ता समितिका निवर्तमान अध्यक्ष नेत्रबहादुर पाण्डेले बिरामी र बूढो रहेको उक्त गैंडालाई यस अघि पनि पटक पटक राष्ट्रिय प्रकृति संरक्षण कोषका चिकित्सकको टोलिले सोही आँपको बगैंचामा आएर उपचार गरेका जानकारी दिए ।  मृत फेला परेको गैंडाको खाग र खुर सुरक्षित रहेको छ ।

यो सँगै चितवन राष्ट्रिय निकुञ्जमा गत साउन यता ५ वटा गैंडाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा निकुञ्जमा २८ वटा गैंडाको मृत्यु भएको थियो । पछिल्लो गणना अनुसार निकुञ्जमा ६९४ वटा गैंडा रहेका छ्न ।

प्रकाशित : २०८२ कार्तिक ८ गते २०:५०
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI