कावासोती । चितवन राष्ट्रिय निकुञ्जको कोर एरियामा २५ वर्षको भाले गैंडा मृत फेला परेको छ ।
निकुञ्जको अमलटारी सेक्टरको कोर एरियाको बांदरझुला क्षेत्रमा २५ वर्षको गैंडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।
थापाका अनुसार दलदलमा फसेर मरेको गैंडाको खाग र खुर सुरक्षित रहेको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा यो आर्थिक वर्षमा मरेको यो चौथो गैँडा हो । गत आर्थिक वर्षमा यहाँ २८ वटा गैँडा मरेका थिए ।
चार वर्ष अघिको गैंडा गणनाको तथ्यांकअनुसार चितवन निकुन्जमा कुल ६ सय ९४ वटा गैंडा रहेको छ ।
प्रकाशित : २०८२ असोज ३० गते ९:२१
Facebook Comment