चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा चरा गणना सुरु

NAWALPUR TIMES

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा चरा गणना सुरु
1705034917774

कावासोती । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा बिहिबार देखि चरा गणना सुरु गरिएको छ ।

निकुञ्जको पश्चिम सेक्टरमा पर्ने नवलपुरको सिख्रौली देखि त्रिवेणी सम्म ४ वटा समूह बनाएर गणना सुरु गरिएको चरा गणनाका पश्चिम सेक्टर संयोजक डिबि चौधरीले बताए ।

अमलटारी देखि गण्डक नहरको त्रिवेणी सम्म, सिख्रौली देखि अमलटारी सम्मको दक्षिणी भंगालो, सिख्रौली देखि अमलटारी सम्मको उत्तरी भंगालो र पिठौली देखि अमलटारी सम्मको उत्तरी भंगालो गरेर ४ क्षेत्रमा चरा गणना गरिने चौधरीले बताए ।

चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका नदी, तालतलैया तथा सिमसार क्षेत्रलगायत ठाउँमा चरा गणनाका लागि छनौट गरिएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग, चितवन राष्ट्रिय निकुञ्ज, नेपाल पंक्षी संरक्षण संघ, वर्ड एजुकेसन सोसाइटी, जटायु रेष्टुरेन्ट, नेचर गाईड एसोसिएसन लगाएतका संघ संस्थाको आयोजना चरा गणना गत पुस २२ गते बाट सुरु गरिएको चरा गणना पश्चिम सेक्टरमा आज सुरु गरिएको हो ।

गणनामा चराविज्ञ, संरक्षणकर्मी, पत्रकार, प्राकृतिक पथ प्रदर्शक लगाएतकाको सहभागीता रहेको छ ।

मानवीय लापर्वाहीका कारण वासस्थानमा परेको असरले चरा सङ्कटमा परेको चराविद्ले बताएका छन्। विश्वमा सन् १९६७ देखि शुरु भएको चरा गणना नेपालमा सन् १९८७ देखि शुरु भएको हो। सोही वर्षदेखि चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पनि चरा गणना थालिएको हो।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology