घासे मैदान व्यवस्थापन गर्दै निकुञ्ज

घनश्याम बगाले
प्रकाशित : २०८१ चैत ९ गते १५:३२
घासे मैदान व्यवस्थापन गर्दै निकुञ्ज

कावासोती । गैंडा,हात्ती, बाघ, भालु लगायतका वन्यजन्तुकाे आहार  सृंखला मिलाई राख्न चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान व्यवस्थापनकाे कामलाई निरन्तरता दिएकाे छ । निकुञ्जले काेर एरिया सुखिभार, भिम्ले,बाघमारा,खाेरिया लगायतका क्षेत्रका पुराना ढड्डी सफा पार्दै नयाँ र कलिला मुना सहितका घाँस उमार्न घाँसे मैदान तथा पानीका लागि आहाल व्यवस्थापनकाे कार्य अघि बढाएकाे हाे । गैंडा,चित्तल,मृग लगायतका वन्यजन्तुले खाने घाँस र लुक्ने काँसघारीलाई जाेगाउदै केही  ब्लकहरूमा घाँसे मैदान व्यवस्थापन कार्य गरिएकाे निकुञ्जका सूचना अधिकारी अविनाश थापाले बताए ।

त्यसै गरि निकुञ्जले गर्मी बढेसंगै वन्यजन्तुलाई पिउने पानीकाे अभाव हुन नदिन घाँसे मैदान क्षेत्रका साना तिना सुख्खा पाेखरीमा पानी भर्न साेलार पावर जडित वाेरीङहरूकाे पनि व्यवस्था मिलाएकाे छ ।चितवन राष्ट्रिय निकुञ्ज दूर्लभ एक सिंगे गैडा, लाेपाेन्मुख पाटेबाघ,गाेही, लगायत रैथाने तथा आगन्तुक चराहरूकाे प्रमुख बासस्थल हाे ।  पछिल्लो समय निकुञ्ज भीत्र र संगैका सामुदायिक वनहरूमा घाँसे मैदान व्यवस्थापन हुन थाले पछि हरिण प्रजातिका वन्यजन्तुहरू त्यति गाउँमा नपसेकाे निकुञ्ज छेउका स्थानीयहरू बताउछन् ।त्यसाे त निकुञ्जका वन र सम्म फाँटहरूमा ठूल्ठूला झुण्डमा देखिने चित्तल र मृगका बथानले घाँसे मैदान व्यवस्थापन अपरिहार्य रहेकाे कुरा उजागर गरेकाे छ ।

जहाँ घाँस बढे मृग बढ्ने, मृग बढे, बाघ बढ्ने पारिस्थितिक चक्रलाई घाँँसे मैदान व्यवस्थापन कार्यले थप पुष्टि गरेकाे छ ।
निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डां गणेश पन्तका अनुसार हरेक वयस्क बाघले हप्तामा १ जरायाे, चित्तल या  त्यस्तै जीवलाई आफ्नाे आहार बनाउने गर्दछ ।हेल्दी ईकाेसिस्टमकाे सूचक भनेकै बाघकाे पपुलेशन हेल्दी हुनु हाे, जुन कुराले त्यहाँकाे ईकाेसिस्टम सम्पूर्ण रूपमा हेल्दी छ भन्ने विश्वव्यापी मान्यता रहिआएकाे डा.पन्तले बताए ।

सन २०२० देखि २२ सम्मकाे पछिल्लो गणना तथ्यले १ सय २८ बाघ, ६ सय ९४ गैडा, ३ सय ८८ गाैरीगाई र जंगली हात्तिहरू समेत विश्व सम्पदा  सुचीकृत चितवन राष्ट्रिय निकुञ्जमा बिचरण गर्ने देखाएकाे छ ।  यसै सम्बन्धमा निकुञ्जका अधिकारीहरू यहाँ बिचरण गर्ने गैडा,हरिण,जरायाे लगायतका वन्यजन्तुका आहार बृद्धीका लागि यहाँको झण्डै एक हजार हेक्टर जमिनलाई घाँसे मैदानका रूपमा व्यवस्थापन गर्नु पर्ने जरूरी देखिएकाे बताउछन् । ऐतिहासिक तथ्यांकलाई केलाउदा सन १९६० काे दशक सम्म वन्यजन्तुका लागि अत्यावश्यक २० प्रतिसत घाँसे मैदान, साेही हाराहारीमा नदी तटीय वन रहेकाे याे क्षेत्रमा वन अतिक्रमण, बाढी,भूक्षय तथा मिचाहा वनस्पतिका कारण घाँसेवन क्षेत्रमा आधै गिरावट आएकाे विभिन्न अध्ययनले देखाएकाे छ ।
यही बीच बाढी,पहिराे र मिचाहा बनस्पतिकाे फैलावटले निकुञ्जकाे मध्य दक्षिण  खाेरिया पाेष्ट नजिक प्रसिद्ध देबी ताल नासिदै गएकाे छ ।  बाघ,भालु,चितलले पानी खाने गैडा हात्तीले दिनभर आहाल खेल्ने प्राकृतिक सुन्दरताले भरिपूर्ण पर्यटकीय आकर्षणकाे उक्त ताल करिव करिव उजाडिएकाे छ ।यस्ताे अवस्थामा घाँसपात खाने वन्यजन्तुकाे आहार बचाई राख्न पनि घासे मैदान व्यवस्थापन तथा सिमसार संरक्षणमा जाेड् दिनु आवश्यक देखिएकाे संरक्षणकर्मीहरू बताउछन् ।

स्थानीय जिल्लाहरू पर्सा,मकवानपुर,चितवन र नवलपरासी पूर्वमा अवस्थित चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान तथा बाढीले पुरेका ताल व्यवस्थापन गर्न बजेट अपुग रहेकाे निकुञ्ज पदाधिकारीहरूले बताए । आवश्यक बजेटकै अभाव बीच  मुस्किलले यहाँकाे करिव ५ सय हेक्टर जमिनमा घाँसे मैदान  व्यवस्थापनकाे कार्य हुने गरेकाेछ ।

त्यसाे त चितवन राष्ट्रिय निकुञ्ज बाघकाे संख्यामा बृद्धी  र बासस्थानका हिसाबले निकै महत्वपूर्ण क्षेत्र मानिदै आएकाे छ ।
बाघ संरक्षणका लागि आवश्यक कन्जरभेसन याेसाेर्ड टाईगर स्टान्डर्सका सम्पूर्ण तत्वहरू आहार,प्रजनन तथा लुक्न मिल्ने अनुकुल बासस्थान सहितकाे वातावरण चितवन राष्ट्रिय निकुञ्जमा रहेकाे छ ।विज्ञहरू संरक्षित जनावरकाे कुल उपस्थिति मध्ये करिव ५ प्रतिसत आपसमा जुधेर, घाईते भएर या शारीरिक कमजाेरीले  बस्तीमा पस्दा कहिले काँही मानव वन्यजन्तु द्वन्द्व सिर्जना हुने गरेकाे बताउँछन् ।संरक्षणकर्मीहरू मानव वस्तीमा आईपुगेका वन्यजन्तुलाई सत्रुतापूर्ण व्यवहारले नहेरी सुरक्षित तवरले वन क्षेत्रमै फर्काउन सहयाेग गर्नु मानवीय धर्म ठान्दछन् । चितवन राष्ट्रिय निकुञ्जकाे मुख्यालयमा हालै संचारकर्मी तथा निकुञ्ज पदाधिकारी बीचकाे एक अन्तरक्रियामा जनताकाे निकुञ्ज प्रतिकाे अपनत्व, संरक्षणकाे भावनाले पर्यटकीय आकर्षणकाे केन्द्र चितवन राष्ट्रिय निकुञ्ज थप बलियाे हुने बिषय उठान गरिएकाे थियाे ।

प्रकाशित : २०८१ चैत ९ गते १५:३२
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI